डोल्पामा जीप दुर्घटना १० को मृत्यु, २ घाइते

१९ कार्तिक ०७५, काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–९ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सदरमुकाम दुनैबाट सुपानीतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको हो । विष्टले पुष्टि गरे ।

घटनामा उद्दार गरिएका २ जनाकोे दुनै अस्पतालमा उपचार भइरहेको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले बताए ।

मृतकमध्ये ७ पुरुष र ३ महिला रहेको र मृतकको सनाखत भइनसकेको जनाइएको छ । जीप कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी विष्टल जानकारी दिए ।

तपाइको मत