२० साउन ०७६, बागलुङ । तमानखोला गाउपालिकाको वडा नं ४ लाम्मेलामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
आइतबार राति करिव १ बजेतिर आएको पहिरोमा परी लाम्मेल सन्दरका ५ घर पुरिदा ३ जनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तमानखोला ४ लाम्मेला बस्ने ओमबहादुर श्रीपालीका ४५ वर्षीय श्रीमती पन्च कुमारी श्रीपाली, ७० वर्षीय असरी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा गमबहादुर श्रीपालीका ३४ वर्षीय श्रीमती सुनिता श्रीपाली, छोराहरु १६ वर्षीय अनिल श्रीपाली, ९ वर्षीय राम श्रीपाली र ५ वर्षीय कमल श्रीपाली भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पहिरोमा परी देबेन्द्र श्रीपालीका दुई घरहरु भत्किएका छन् भने उनका ४० वर्षीय श्रीमती चित्रदेवी श्रीपाली घाईते भएकी छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको सोही वडाका वडाध्यक्ष उदिन छन्त्यालले बताए । पहिरोमा परी घाईते भएका ६ जनाको उद्धार गरी उपचारको लागि पठाउने तयारी भैरहेको बताए ।
पहिरोमा परी केही भैँसी, बाख्रा र कुखुराहरु पनि मरेको प्रहरीले जनाएको छ ।













