२४ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमणका रुपमा २७ बैशाखमा भारत जाने कार्यक्रम तयारी नपुगेको भन्दै नेपालकै तर्फबाट रद्द गरिएको छ ।
राष्ट्रपति निकट स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण राजकीय हुनु तर राष्ट्रपतिको भ्रमण औपचारिक हुनु असुहाउँदो विषय थियो । साथै, भारतले पछिल्लो समय नेपालमा राजनीतिक चलखेल गर्न खोजेको र दलहरुलाई एक अर्काविरुद्ध प्रयोग गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री र राष्ट्रपतिको सल्लाहमा नै राष्ट्रपतिको भ्रमण रद्द गरिएको हो ।
भारतले राष्ट्रपतिको भ्रमणको सबै तयारी पूरा भएको बताए पनि नेपालका तर्फबाट भारतलाई भ्रमण स्थगित गरिएको जानकारी गराइसकिएको छ । यसलाई भरतीय शैलीप्रतिको कुटनीतिक असन्तुष्टिका रुपमा लिन सकिन्छ ।