११ जेठ, रुपन्देही । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा विश्युद्वताका अग्रेज शासकबाट र अहिले भारतका कारण नेपालको राष्ट्रियता र गणतन्त्र खतरामा परेको बताए ।
सिंहले भारतका कारण मुलुकको राष्ट्रियता सबैभन्दा बढी खतरामा परेको बताउँदै तराईलाई टुक्र्याउन भारतले योजनावद्व षडयन्त्र गरेकाले मुलुकको राष्ट्रियता इतिहासमै खतरामा परेको दावी गरेे ।
नेताहरुको दलाली र सत्तामोहको कमजोरीले भारत बलियो बनेको बताउँदै सिंहले तराईलाई भारतमा गाभ्ने षडयन्त्र असफल बनाउन राष्ट्रबादी शक्ति सचेत हुनु पर्ने बताए ।
भारतले नेपालको तराई र पानीमा आँखा लगाएको भन्दै सिंहले गैरनेपालीलाई नेपाली नागरिकता दिने खुकुलो प्रावधान बनाई नेपालको संसदमा मधेशी दलको बहुमत पुर्याएर तराईलाई नेपालबाट अलग गर्न भारत लागि परेको उनको जिकिर थियो ।
नवगठित नेकपा (माओवादी केन्द्र) लाई सिद्वान्तहीन र आत्मसुरक्षाका लागि एकता गरिएको आरोप लगाउँदै उनले कम्युनिष्ट आन्दोलनमा यसको अर्थ र महत्व नरहने बताए । साथै, सिंहले माओवादी घटकहरुको एकता द्वन्द्वकालिन मुद्दाबाट बच्नका लागि गरिएको आरोप लगाए ।