७ साउन ०७५, नवलपरासी । नेपाल तरुण दलका नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् ।
बर्दघाट नगरपालिका–१० का आचार्यलाई बर्दघाटको टिसियन चोककाट पेस्तोल र खुडासहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीमाथि हातहतियार र खरखजना अन्तर्गत मुद्दा चलाउने तयारी भएको उपरीक्षक भट्टले बताए ।