तार्केश्वरमा फुयाँल, टोखामा तिर्थमानले लिए निर्माणको नेतृत्व

१० भदौ ०७४, काठमाडौं । अखिल नेपाल निर्माण मजदुर संघको तार्केश्वर र टोखा नगर कमिटीको सम्मेलन सम्पन्न भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तथा महासंघ प्रदेश नम्बर ३ का ईन्चार्ज जय कार्कीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न सम्मेलनले तार्केश्वर र टोखा नगर कमिटी गठन गरेको हो ।

तार्केश्वर नगर कमिटीको नेतृत्वमा फुयाँल

सम्मेलनले लक्ष्मण फुयाँलको अध्यक्षतामा २५ सदस्यीय तार्केश्वर नगर कमिटी गठन गरेको छ । यसैगरी नव गठित कमिटीमा उपाध्यक्ष सानु खड्का, सचिव दिपक लामा, सहसचिव सुरज तामाङ्ग, कोषाध्यक्ष भरत आले रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सन्चमाया ब्लोन, राधिका भट्टराई, मेशमान तामाङ्ग, सागर तामाङ्ग, माधब घिमिरी, बिक्रम तामाङ्ग, भैरव श्रेष्ठ, राम तामाङ्ग, गङ्गाराज महर्जन, गोबिन्द कार्की, सञ्जय खड्गी, कुमार तामाङ्ग, अइत तामाङ्ग, सुनील तामाङ्ग, सरोज तामाङ्ग, ध्रुव तामाङ्ग, अनिल तामाङ्ग, श्रवण कुमार पुडासैनी, हरिचन्द्र न्यौपाने र जीवन तामाङ्ग सर्वसम्मत चयन भएका छन् ।

टोखा नगरको अध्यक्ष तिर्थमान
यसैगरी सम्मलेनले टोखा नगरपालिकामा तिर्थमान तामाङ्गको नेतृत्वमा २४ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

टोखा नगर कमिटीको उपाध्यक्षमा देउमाया थापा, सचिव रामकृष्ण डंगोल, सहसचिव बम बहादुर राई र कोषाध्यक्ष बुद्धिमान तामाङ्ग चयन भएका छन् ।

यस्तै रश्मि थापा, मञ्जु नेपाली, साबित्रा कटेल, भिम बहादुर तामाङ्ग, सुन्दरे तामाङ्ग, श्याम मोक्तान, कृष्ण बहादुर गोले, कर्म सिङ्ग तामाङ्ग, बुद्धि बहादुर तामाङ्ग, सन्चे तामाङ्ग, ईश्वर तामाङ्ग, उत्तम तामाङ्ग, प्रदिप लवट, सोजित राई, बुद्दिलाल डंगोल, बिनोद मोक्तान, विश्वलाल डंगोल, मीन बहादुर नेपाली र समीर तामाङ्ग टोखा नगर कमिटीको सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

तपाइको मत