१९ बैशाख, काठमाडौं । चीनले तिब्बतमा आफ्नो सबैभन्दा ठूलो जलविद्युत परियोजनाको निर्माण सुरु गरेको छ । यसको लागत तीन अर्ब डलर भन्दा बढी हुनेछ र यहाँबाट उत्पादित विजुलीलाई देशको पूर्वी क्षेत्रमा आपूर्ति गरिनेछ ।
चीनको सरकारी मिडियालाई उद्धृत गर्दै भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ- तिब्बत र सिचुआन प्रान्तको बाटंग काउन्टी र तिब्बतको मंगकाम काउन्टीको बीचमा निर्माण भइरहेको जलविद्युत परियोजनाको क्षमता १.२ गीगावाट रहेको छ । र सन् २०२१ मा पुरा भइसकेपछि यो जलविद्यतु परियोजनाले वार्षिक ५४०० गीगावाट विजुली उत्पादन गर्न सक्नेछ ।
यसको डिजाइन क्षमता ब्रह्मपुत्र नदीस्थित झांगमू जलविद्युत संयन्त्रभन्दा दोब्बर ठूलो छ । जो तिब्बकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । झांगमू जलविद्युत संयन्त्रलाई गत वर्षको अक्टुवरमा पुरा गरिएको थियो ।
भारतलाई खतरा
चीनले निर्माण कार्य सुरु गरेको यो जलविद्युत परियोजना बनिसकेपछि भारततिर बग्ने सबै पानी चीनमै विद्युतका रुपमा खपत हुनेछ । यसबाट भारतमा खडेरी पर्ने खतरा बढेको छ । यो भारतका लागि ठूलो चुनौति भएको र दिल्ली चिन्तित रहेको कुरा भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चीनले बनाउन लागेको अहिलेसम्मकै ठूलो ड्याम (जलाशय)को समाचारलाई भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् । दैनिक नेपालमा खबर छ ।