१८ असार ०७४, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सप्तरीको तिलाठी लगायतका गाउँका बाढी पीडित नागरिकलाई तत्काल राहत र पुर्नस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले एक बिज्ञप्ति जारी गर्दै सप्तरीबासीलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउन माग गरेको हो ।
१६ गतेको रातभरको अबिरल वर्षाका कारण सप्तरीको विभिन्न नदीमा आएको बाढीबाट १५ सयभन्दा बढी घरपरिवार डुवानमा पर्नुका साथै सडक कटान गर्दा राजविराज–कुनौली सडकमा आवागमन समेत अवरुद्ध भएको थियो ।
बाढीमा परी सशस्त्र प्रहरीका हवलल्दार सुमन आचार्यको निधनमा भएको थियो । करिब एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएको एमालेले जनाएको छ ।
एमोले आफ्ना कार्यकर्तालाई पनि डुबान पीडितका राहत तथा उद्दारमा सहभागी हुन निर्देशन दिएको छ ।