तीन दलका शीर्ष नेता निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तयार

3-ldr

२९ मंसिर, काठमाडौं । काँग्रेस, एमाले र माओवादी केन्द्रको शीर्ष नेताहरु निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तयार देखिएका छन् ।

मंगलबारको बैठकमा तीन दल निर्वाचनमा केन्द्रित भएर अघि बढ्न तयार देखिएका हुन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

दलहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संचारकर्मीहरुसँग बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा छलफल भएको बताए ।

तपाइको मत