१३ फागुन ०७५, काठमाडौं । विशेष अदालतका तीन न्यायाधीश सरुवा भएका छन् ।
न्यायपरिषद्ले विशेष अदालतका सदस्यहरू चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेको हो ।
ढकाल र बागचन्द जुम्ला उच्च अदालतमा सरुवा भएका छन् भने पोखरेल उच्च अदालत राजविराजमा सरुवा भएको न्यायपरिषद्ले जनाएको छ ।













