तेत्तीस किलो सुन तस्करीका मुख्य अरोपी पक्राउ

५ भदौ ०७४, काठमाडौं ।  दुवईमा बसेर सुन तस्करी गर्दै आएका ३३ किलो सुन तस्करीका मुख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याएको छ ।

दुबई पुलिसले पक्राउ गरेको पन्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस जारी गरेको थियो ।

नेपाल प्रहरीको ईन्टरपोल महाशाखाकी एसपी किरण बज्राचार्यका अनुसार भागेर नेपाल आउने क्रममा विमानस्थलमा पक्राउ परेका पन्तलाई ७० दिन दुबई प्रहरीले हिरासतमा राखेर त्यहाँका कानुन अनुसार कारबाही गरेपछि सोमबार नेपाल ल्याइएको हो ।

बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई सीआइबीले गत पुस २१ गते पक्राउ गरेको थियो ।

पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दाबी छ ।

तपाइको मत