२२ फागुन विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासतिहको सहभागीतामा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर छाड्ने बताएका छन् ।
पूर्वञ्चल विश्व विद्यालयको दिक्षान्त समारोहमा सहभागी हुने जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै प्रधानमन्त्री प्रचण्डले ३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित नहुने बताएका हुन् ।
‘३१ वैशाखको निर्वाचन कुनै हालतमा स्थगित हुन्न, सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेसी मोर्चालाई साथमा लिएर तोकिएकै समयमा निर्वाचन गरेर छाड्ने छ ।’ प्रचण्डले भने, अन्ततः मधेसी मोर्चा चुनावमा चुनावमा आउनु हुन्छ र आउनु पर्छ ।’
तराईका जिल्लामा स्थानीय तहको संख्या नमिलेको भनिरहेको मधेसी मोर्चाको मागलाई सम्वोधन गर्न स्थानीय तहको संख्या वढाउन लागेको उनले बताए ।