१३ साउन ०८०, काठमाडौँ । भारतीय सेनाले आयोजना गरेको नेपाल भारत मैत्रीपूर्ण डुरान्ड कप फुटबल प्रतियोगितामा भाग लिन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली भारततर्फ गएको हो ।
त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित डुरान्ड कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी बसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज प्रस्थान गरेको छ ।
उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए ।
सेनाले उक्त खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मद्दत पुग्ने जनाएको छ । साथै यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुबै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने विश्वास पनि लिएको छ ।
भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १८ गतेसम्म चल्नेछ ।