त्रिविमा १० भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकाय बन्द गर्ने

७ बैशाख ०७५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १०  भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन पाठन बन्द गर्ने बताएको छ ।

त्रिविको शिक्षा सुधार कार्यक्रम अनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गरी त्यस संकायको पठन पाठन बन्द गर्ने बताएको हो ।

त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधार परियोजना कार्यालयले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उपकुलपति तीर्थराज खनियाँले विद्यार्थी कम भएका संकाय सुधारका लागि सेमेस्टर प्रणाली ल्याइएको बताए । उनले भने ‘कुनै संकायमा एक/एक जना विद्यार्थी राखेर बस्ने समय अब छैन, कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्छ, यदि त्यो संख्या पूरा गर्न सकिएन भने कक्षा सञ्चालन बन्द गरिनेछ ।’

 

तपाइको मत