त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा. डा. पौडेलको नाम सिफारिस

१८ साउन ०७६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा. डा. लालुप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सिफारिस समितिले प्रा. डा. पौडेलको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो । सदस्यमा हेमराज ढकालको नाम सिफारिस भएको छ ।

सरकारले १४ साउनमा शिक्षामन्त्रीको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

कर्मचारी छनोटमा अनियमिता गरेको भन्दै तत्कालीन अध्यक्ष चैतन्य शर्मासहितका पदाधिकारीहरुविरुद्ध अख्तियारले मुद्दा हालेपछि त्रिवि सेवा आयोग पदाधिकारी विहीन थियो ।

तपाइको मत