त्रिशुली नदीमा बस खस्दा २१ जनाको मृत्यु

Bus accident

१० भदौ, चितवन । रौतहटबाट पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको बस शुक्रबार बिहान चण्डिभञ्ज्याङको कालिखोला भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ ।

सडकखण्डबाट करिब २ सय मिटर तल खसेको बस त्रिशुली नदीमा डुबेको छ । बसमा सवार मृतक यात्रुहरुको शरीर क्षतविक्षत भएको छ । घटनास्थलमा प्रहरीले मृतकहरुको सनाखत गर्ने र घाइतेहरुको उद्धार गर्ने कार्य गरिरहेको छ । सबै मृतकहरुको सनाखत हुन सकेको छैन ।

तपाइको मत