थप ३ सय १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि, कूल संक्रमित २० हजार ८६ पुगे

१७ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ सय १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थप ३ सय १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको र योसँगै कूल संक्रमित संख्या २० हजार ८६ पुगेको जानकारी दिएका हुन् ।

उनले हाल ५ हजार ३ सय ३८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको बताए । साथै, निको भएर घर फर्किनेको संख्या १४ हजार ४ सय ९२ पुगेको बताए ।

हाल ११ हजार ५ सय ३३ जना क्वारेटाइनमा रहेका छन् ।