२६ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७९ पुगेको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ४ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिँदै मृत्यु हुने संक्रमित संख्या ७९ पुगेको बताएका हुन् ।
उनले उच्च रक्तचापको बिरामी समेत रहेकी कोरोना संक्रमित जिल्ला बाँके कोहलपुर नगरपालिका २ बस्ने ७० वर्षीया एक महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा साउन २५ गते दिउँसो ३ः१० बजे निधन भएको बताए ।
यस्तै पर्सा जिल्लाका एक ४५ वर्षीया महिलाको साउन २५ गगते बिहान ४ बजे नारायणी अस्थायी कोभिड अस्पतालमा र काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १०, मध्य बानेश्वर बस्ने ७६ वर्षीय एक पुरुषको साउन २६ गते बिहान १०ः१५ बजे मेडिकेयर अस्पतालमा निधन भएको उनले बताए ।
यसैगरी काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका त्याङ्ग्लाफाँट बस्ने ६४ वर्षीय एक पुरुषको साउन २६ गते बिहान ५ः४२ बजे निधन भएको पनि बताए ।