थाहा पाएको भए त, अर्कै लुगा लगाएर आउँथे नि !

२३ फागुन, काठमाडौं ।

वेव तस्बिर

वेव तस्बिर

  • ह्याप्पी बर्थ डे टु यु…
  • थाहा पाएको भए त, अर्कै लुगा लगाएर आउँथे नि !

उल्लेखित संवाद प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधव नेपाल बिच भएको कुराकानीको अंश हो । बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक चल्दै गर्दा प्रधानमन्त्रीका सहयोगी इन्द्र भण्डारी केही पत्रकारसहित हातमा केकको प्याकेट र फूलको बुकी लिएर बैठक हलमा प्रवेश गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालतर्फ हेर्दै ‘ह्याप्पी बर्थ डे टु यु…’ भन्दा नेपाल छक्क परे । बैठकभित्र केही नेता कसको बर्थडे भन्ने थाहा नपाएर अल्मलिए । प्रधानमन्त्रीले नेपाललाई दोसल्ला ओढाए । त्यसपछि नेपालले केक काटेर प्रधानमन्त्री र अन्य नेतालाई खुवाए । प्रधानमन्त्रीले पनि नेपाललाई केक खुवाए ।

केक खाएपछि नेपालले ‘यस्तो थाहा पाएको भए त, अर्कै लुगा लगाएर आउँथे नि,’ भने । २३ फागुन २००९ मा  रौतहटको गौरमा स्वर्गीय बुबा मंगलकुमार उपाध्याय र आमा दुर्गादेवीको जेठो छोराका रुपमा जन्मिएका नेपाल आइतबारबाट ६४ वर्षमा प्रवेश गरेका छन् ।

तपाइको मत