दशगजा क्षेत्रबाट २५ के.जीका १०० बोरा अबैध मरिच बरामद

८ वैशाख ०७६, राजविराज ।  प्रहरीले नेपाल भारत सिमाको दशगजा क्षेत्रबाट अबैध रुपमा भारततर्फ लैजादै गरेको १०० बोरा मरिच बरामद गरेको छ ।

पक्राउ परेको पिकअप । फोटो देवराम यादव ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नं. ३ स्थित नेपाल भारत सिमाको दशगजा क्षेत्रमा ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीलले उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को १ च ९०३९ नं. को पिकअप गाडीबाट २५ के.जी.का १०० बोरा मरिच बरामद गरेको हो ।

पिकअप गाडीका चालक सुनसरीको छिटाहा वडा नं. ६ का २८ वर्षिय चालक सुन्दर सुतिहारलाई नियन्त्रणमा लिई मरिच र पिकअप गाडीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय राजविराज वेल्ही सप्तरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

१०० बोरा मरिचको करिव आठ लाख रुपैया पर्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

तपाइको मत