दशैंपछि वर्तमान मन्त्रिमण्डल हेरफेर हुने

३१ असोज ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले दशैंपछि वर्तमान मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् ।

सांसद समेत रहेका बस्नेतले रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा वर्तमान मन्त्रिमण्डल र प्रधानमन्त्रीको सचिवालय पुनर्गठन हुने संकेत गरेका हुन् ।

दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रम ल्याउने बताउँदै नेता बस्नेतले भने, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउने छ । समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस् या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरा होस्, त्यसमा पनि ध्यान दिनेछ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली सफल भएको बताउँदै आगामी दिनमा पनि सफल हुने बताए ।

तपाइको मत