२३ असोज ०७६, काठमाडौं । सरकारले दशैंमा बिक्री नभएका च्याङ्ग्राको मूल्य घटाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बडादशैंलाई लक्षित गरेर खरिद गरेको १९ सय च्याङ्ग्रामा १४६ वटा बिक्री नभएपछि मूल्य घटाएको हो ।
कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले अहिले जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री सुरु गरेको जानकारी दिए ।
कम्पनीले दशैंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय ४० रुपैयाँ तोकेर त्यसमा १० रुपैयाँ प्रतिकिलो सरकारी सहुलियतसहित ७ सय ३० रुपैयाँमा बिक्री गरेको थियो ।
कम्पनीका महाप्रबन्धक गौचनकाअनुसार निजी क्षेत्रबाट धेरै च्याङ्ग्रा भित्रिएकाले सरकारी च्याङ्ग्रा बिक्री हुन नसकेको हो ।
उनले कम्पनीको थापाथलीस्थित गोदाममा रहेका सबै च्याङ्ग्रा स्वस्थ रहेको बताए ।













