५ साउन ०७४, काठमाडौं । मन्त्रिपरिषदको बसेको बैठकले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र संघीय संसदको निवर्वाचन क्षेत्र निर्धारण गर्न ५ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् ।
स्थानीय तह पुनर्संरचना आयोगको सदस्य बनेर काम गरिसकेका अधिकारी भूगोलविद भने कार्की समाजशास्त्री हुन् ।
आयोगले २१ दिनभित्र प्रतिवेदन बुझाउन पर्ने सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आयोगका सदस्य माधव अधिकारीले भने २१ दिनमा प्रतिवेदन बुझाउन कठिन हुने बताएका छन् ।
निर्वाचन सम्पन्न गर्न संवैधानिक व्यवस्था अनुसार यो आयोग गठन भएको हो ।













