१० असार ०७४, झापा । दाेस्राे चरणको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् ।
झापाको भद्रपुरमा शनिबार अगुवा कार्यकर्ताभेटघाटमा सिटौलाले साे कुरा बताएका हुन् ।
‘मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्’ उनले भने, ‘कांग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनुहोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुहोस् ।’
आफूलाई योद्धा बताउने तर, हराउन पर्दा पछाडि भूमिका खेल्ने कांग्रेस नभएर अन्य दलका एजेन्ट हुने उनले बताए ।
‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूर्ण छ’ कांग्रेस नेता सिटौलाले भने, ‘सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ ।’