काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको सरकारले संविधानको भावनाबमोजिम काम नगरेको बताएका छन् ।
शनिबार काँग्रेसको काठमाडौँ महानगरपालिका– २६ ले आयोजना गरेको कार्यक्रममा सिंहले यस्तो बताएका हुन् ।
नेता सिंहले आदलतमा विचाराधिन मुद्दाका आरोपी रेशम चौधरीलाई सरकारले शपथ खुवाएको र वाइडबडी प्रकरणमा भएको घोटलालाई पनि ओझेलमा पार्न खोजेको बताए ।
बिपी कोइराला र गणेशमान सिंहले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको स्मरण गर्दै उनले मेलमिलाप नीति आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएको बताए ।













