२२ भदौ ०७४, काठमाडौं । जलविद्युत उत्पादन र पूर्वाधार निर्माणमा चिनिया लगानी भित्रयाउने उद्देश्यका साथ बुधबार एक साताका लागि चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीन समक्ष नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव राखेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महराले चीन समक्ष नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव राखेको बताएका हुन् ।
परराष्ट्रमन्त्री महराले ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने र त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने मन्त्री बताए ।
अरनिको राजमार्ग छिटै खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्ने र नयाँ सीमा खोल्ने बिषयमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गरिएको मन्त्री महराले बताएका छन् ।
उनले नेपाल र चीनबीचको अन्तरदेशीय सीमा पार गराई केरुङ-काठमाडौ-पोखरा-लुम्बिनी रेल सेवा सञ्चालन गर्ने सम्भाव्यता अध्ययन गर्ने बिषयमा चिनिया परराष्ट्रमन्त्री यीसँग छलफल भएको बताए ।
दुई देश बीचको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन परराष्ट्रमन्त्री महराले चिनियाँ विदेशमन्त्री वाङसँग आग्रह गरिएको समेत बताए ।