दुई नम्बर प्रदेशकाे निर्वाचन सार्न सकिने उपप्रधानमन्त्री गच्छदारकाे भनाई

२८ जेठ ०७४, बिराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी हुने भए २ नम्बर प्रदेशकाे निर्वाचन सार्न सकिने बताएका छन् ।

उपप्रधानमन्त्री गच्छदारले आइतबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै  २ नम्बर प्रदेशकाे निर्वाचन तेस्रो चरणमा गर्न सकिने संकेत गरेका हुन् ।

तर, यसका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक पर्ने उनले बताए ।

उनले राजपालाई निर्वाचनमा भाग लिने वातावरण तयार गर्न प्राविधिक र कानुनी कुराहरुलाई परिमार्जन गर्न सरकार तयार रहेको बताए ।

तर, दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउन सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने गच्छदारले संकेत गरे ।

तपाइको मत