दुई नम्बर प्रदेशको निर्वाचन आगामी असोज २ गते

१ असार ०७४, काठमाडौं । सरकारले २ नम्बर प्रदेशको निर्वाचन आगामी असोज २ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर १, ५ र ७ मा भने निर्धारित मिति असार १४ गते मतदान हुनेछ ।

सरकारले सत्तारुढ दल काँग्रेस माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमा २ नम्बर प्रदेशको चुनाव सारेको हो ।

तपाइको मत