दुगडको सञ्चालक पक्राउ गर्न अदालतको आदेश

२० पुस, काठमाडौं ।

download

खाने तेलमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुगड ग्रुपका कोटेश्वर गोदामका प्रमोद अधिकारी र अमन जैनलाई अदालतले पुर्पक्षलाई थुनामा पठाएको छ ।

खाने तेलमा महंगो मूल्यमा बेचेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका अधिकारी र जैनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

साथै अदालतले दुगड ग्रुपका सञ्चालकहरुलाई पनि पक्राउ गर्न अदालतले आदेश दिएको महानगरीय प्रहरी प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए ।

उनका अनुसार अदालतले फरार रहेका दुगड गु्रपमा सञ्चालकहरु कृष्णलाल दुगड, नरेह दुगड, विकास दुगड, कुमोद दुगडलाई पक्राउ गर्न आदेश दिएको छ । अदालतको आदेशसँगै एसएसपी थापाले अब दुगड ग्रुपका सञ्चालकहरुलाई जसरी पनि पक्राउ गर्ने बताए ।

 

तपाइको मत