१० फागुन ०७५, काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भएका दाङका प्रदेश सांसद् उत्तरकुमार ओलीको निधन भएको छ ।
घाइते सांसद् वलीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा बिहीबार राति ३ बजे निधन भएको हो ।
उनको केही दिनअघि लमहीबाट बा १८ च ६८३६ म्बरको कारमा घोराहीतर्फ जाँदै गर्दा लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बसले घोराही उपमहानगरपालिका–३ मसोटखोला नजिक ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते ओलीलाई कोहलपुर मेडिकल कलेजमा एक दिन राखेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
सांसद् वलीले २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी भएका थिए ।













