२४ असोज ०७५, सप्तरी । विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्भावित दुर्घट्ना न्युनिकरण गर्ने उद्देश्यले राजर्मागमा सवारी चालकहरुलाई चिया कफी खुवाउने कार्यकम राखेको छ ।
सुरक्षा योजना अनुसार चाडपर्वको समयमा सवारी साधनहरुको बढ्दो मागका कारण सवारी चालकहरु धेरै समयसम्म खटिनु पर्ने भएकोले सम्भावित दुर्घट्ना न्युनिकरण गर्ने उद्देश्यले सवारी चालकहरुलाई चिया कफी सहित रिफ्रेस गर्ने कार्यक्रम बुधवार देखि शुरु गर्न लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भावेश रिमालले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ स्थित जिल्ला ट्राफिक कार्यालयमा रातिको समयमा पनि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।