देउवाले बोलाए पार्टीका उपसभापति र महामन्त्रीहरुको छलफल

२९ असोज ०८०, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरुको छलफल बोलाएका छन् ।

सभापति देउवाले आज दिउँसो ४ बजे धुम्बाराहीस्थित निवासमा उपसभापति र महामन्त्रीहरुको छलफल बोलाएका हुन् ।

आजको बैठक कांग्रेस नेता डा.शेखर कोइराला समूहका ८ जनाले सत्ता गठबन्धनको उम्मेदवारी विरुद्ध कोशीमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीमा केदार कार्की नियुक्त गराउन सफल भएपछि विकसित घटना लगायतमा छलफल हुने बताइएको छ ।

कांग्रेसबाट पार्टीकै शेखर समूहका कार्की मुख्यमन्त्री बनेपछि संसदीय दलको नेता उद्धव थापा र उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् ।