देउवासँग चिनियाँ उच्चस्तरीय टोलीको भेटवार्ता

३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीसँग भेटवार्ता गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युआन जिविङ नेतृत्वको प्रतिनिधि मण्डल देउवालाई भेट्न बुढानीलकण्ठ पुगेको थियो ।

भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल चीन सम्वन्धबारे छलफल भएको छ । चिनियाँ टोलीले देउवालाई चीन भ्रमणको निम्तो दिँदै चिनियाँ नेता र जनता स्वागतका लागि उत्सुक रहेको बताएको छ ।

जवाफमा कांग्रेस सभापति देउवाले उपयुक्त समय दिलाएर चीन भ्रमण गर्ने बताएका छन् । साथै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै यसमा शंका गर्न आवश्यक नरहेको बताए ।

देउवाले संविधान संशोधन गरी मधेसवादी लगायत सबै दललाई सहमतिमा ल्याउने र तोकिएकै मितिमा चुनाव हुने विश्वास दिलाएको उनको सचिवालयले बताएको छ ।

तपाइको मत