देउवा र प्रचण्ड राष्ट्रिय सुरक्षा गोष्ठीमा अनुपस्थित

३० असार, काठमाडौं । सरकारले आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

बिहीबार रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले सुरक्षा गोष्ठी आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीद्वय देउवा, प्रचण्ड, सभामुख ओनसरी घर्ती र सत्ता साझेदार राप्रपा नेपाललाई पनि निमन्त्रणा गरिएको थियो ।

उनीहरू सबैलाई मञ्चमा अलग्गै आसनको व्यवस्था गरिएको भए पनि अनुपस्थित भएपछि आयोजकले मञ्चबाट उनीहरुको ‘नेम प्लेट’ हटाएका थिए ।

तपाइको मत