देशभर बैशाख ६ र ७ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

६ बैशाख ०७६, काठमाडौं । देशभरका बालबालिकालाई बैशाख ६ र ७ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत शुक्रबार र शनिवार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका २८ लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भिटामिन ए कार्यक्रमलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

तपाइको मत