२६ माघ ०७५, काठमाडौं । देशैभर उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।
बिहीबारबाट सुरु भएको वर्षात्सँगै देशैभरी हिमपात भएपछि जनजीवन कष्टकर भएको हो । काठमाडौं उपत्यका नजिकै रहेका पहाड फुलचोकी, शिवपुरी, नगरकोट, चन्द्रागिरीमा भारी हिमपात भएको छ ।
त्यस्तै, दोलखा, रसुवा, काभ्रे, धादिङ, गुल्मी, म्याग्दी, बागलुङ, मुस्ताङलगायत देशैभरका उच्च तथा हिमाली भेगमा समेत भारी हिमपात भएको छ ।













