दोलखामा चुनावी झडपमा एक जनाको मृत्यु

३१ बैशाख ०७४, काठमाडौं । मतदान शुरु भएलगत्तै बिहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एक जनाको मृत्यु भएको छ ।

मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउँदा एक जनाको मृत्यु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टि गरे ।

उनले भने, ‘मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ ।’

उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।

तपाइको मत