१० जेठ ०७४, विराटनगर । प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवले दोस्रो चरणको निर्वाचनको प्राविधिक तयारी पूरा भएको बताएका छन् ।
आयोगले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले सरकारले सोमबार थपेका नयाँ स्थानीय निकायको सीमा हेरफेर हुने भएकोले ती ठाउँमा मतदाता नामावली मिलाउनु पर्ने बताए ।
‘सिमाना हेरफेर भएको छ, मतदाता नामावली तयार भएपनि यताकोलाई उता मिलाउने काम गर्नुपर्ने छ।’ यादवले भने, ‘समय छोटो भएकोले मतदाता नामावलीलाई तीव्र गतिमा मिलाइने छ।’
प्रमुख आयुक्त यादवले निर्वाचन आयोगलाई सरकारले १ सय २० दिनमा निर्वाचन गरिसक्नु पर्ने समय दिएपनि ८३ दिनमा निर्वाचन सम्पन्न गर्नु ऐतिहासिक उपलब्धि भएको बताए ।