१८ असार ०७४, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएका ठाउँहरूमा मतगणना जारी रहँदा एमालेले जितको संख्या ८१ पुर्याउँदै अग्रता कायमै राखेको छ भने कांग्रेसले ६३ ठाउँहरूमा, माओवादीले २६ ठाउँहरूमा जित हासिल गरेको छ ।
अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ ।