दोस्रो पटक उत्तर कोरियाको भ्रमण गर्दै रुसी राष्ट्रपति पुटिन

५ असार ०८१, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि दोस्रो पटक उत्तर कोरियाको भ्रमणमा गएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ्ग उन पुटिनलाई स्वागत गर्न आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

रुसले पुटिनको यो भ्रमणलाई ‘मैत्रीपूर्ण राजकीय यात्रा’ नाम दिएको छ ।

विश्वभर चर्चा पाइरहेको पुटिनको उत्तरकोरिया भ्रमणलाई पश्चिमा देशहरुले चासोका साथ हेरेका छन् ।

युक्रेनविरुद्धको लडाइँमा रुसलाई उत्तर कोरियाले आर्थिक सहायता र प्रतिरक्षा प्रविधिसँग सम्बन्धी समझदारी हुने अनुमान पश्चिमा देशहरुले गरेका छन् ।