धनुषामा कोरोना संक्रमित एक पुरुषको निधन

१२ साउन ०७७, धनुषा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट आइतबार ३८ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

प्रदेश नं २, स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले धनुषाका शहीदनगर–८ डुमरिया बस्ने युवक रुघाखोकी र ज्वरोबाट पीडित कोरोना संक्रमित पुरुषको निधन भएको बताएका हुन् ।

स्वास्थ्य अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका ती पुरुषको थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा सिरहामा मृत्यु भएको बताइएको छ ।

ती पुरुषको आइतबार बिहान स्वाबको नमूना संकलन गरिएको र साँझमा रिपोर्ट पोजिटिभ आएको सहनिर्देशक झाले जानकारी दिए ।