१८ बैशाख ०७८, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) को कार्यालयले आफ्नो पार्टीमा फुट नआएको बताएको छ ।
चन्द नेतृत्वको पार्टीका नेता कृष्णप्रसाद धमलाले आज विज्ञप्त निकालेर आफ्नै नेतृत्वमा मञ्च गठन गरेको बताएपछि विप्लवको कार्यालयले विज्ञप्तिनै निकालेर पार्टीमा फुट नआएको बताएको हो ।
शनिबार पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट असलले जारी गरेको प्रेस वक्तव्यमा कृष्णप्रसाद धमला प्रतिबिन्धतकालमै पार्टी छाडेर स्वतन्त्र भएको बताउँदै धमलाको मञ्चलाई पार्टी विभाजन मान्न नमिल्ने पनि बताएको हो ।
‘प्रतिबन्धको समयमै पार्टीबाट स्वतन्त्र रहेको वक्तव्य दिएका श्री कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी फुटको संज्ञा दिइएको छ,’ विप्लव समूहको वक्तव्यमा भनिएको छ, ‘उक्त कुरालाई पार्टी-फुट भन्न र मान्न सकिँदैन । यो दलाल पुँजीवादी संसदवादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र हो ।’