धर्मीहल्फाले गरे कम्बल वितरण

DSC09595

मारवाडी समुदायले मकर सक्रान्ति पर्व मनाए

२ माघ, सप्तरी, । दुई हजार भन्दा बढी साधु–सन्तलाई निःशुल्क भोजन गराएर यहँका मारवाडी समुदायले माघे सक्रान्ति (मकर सक्रान्ति) पर्व मनाएका छन् ।

पर्वको अवसरमा शनिबार राजविराजस्थित राममन्दिर परिसरमा नेपाल अग्रवाल सभा सप्तरीले भण्डाराको आयोजना गरी २ हजार २ सय ६४ जना साधु सन्तलाई निशुल्क भोजन गराएको हो ।

सभाका अध्यक्ष मनोजकुमार अग्रवालले भण्डारामा आमन्त्रण गरिएका साधुसन्तको उल्लेख्य सहभागिता रहेको बताए । यस्तै मारवाडी युवा मञ्चका सदस्य सैनेश अग्रवालले मकर सक्रान्तिका दिन साधु सन्त र गरिव असहायलाई भोजन गराए निकै पुण्य हुने विश्वासका साथ प्रत्येक वर्ष मकर सक्रान्तिका दिन यस्तो कार्यक्रममो आयोजना गरिदै आएको बताए ।

विपन्न वस्तीमा कम्बल वितरण
धर्मीहल्फा महिला विकास क्लवले शनिवार जिल्लाको इटहरी विष्णुपुर गाविसको विपन्न वस्तीमा कम्बल वितरण गरेको छ । हेल्प नेपाल नेटवर्कको सहयोगमा १ सय २ गरिव, असहाय र चिसो पीडित परिवारलाई कम्वल वितरण गरिएको हो ।

unnamed (1)

क्लवका अध्यक्ष इन्जिनियर सुर्यनारायण यादवको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका कोषाध्यक्ष मनोजकुमार माझी, समाजसेवी रामचन्द्र यादव, रामनारायण यादव, परिष कर्ण लगायतले चिसो पीडित विपन्न समुदायका महिला, वृद्धवृद्धा र अपाङ्गलाई कम्वल बितरण गरेका थिए ।

आफना आमावावु धर्मी र हल्फाको स्मृति र सम्मानमा संस्था स्थापना गरी सामाजिक कार्यक्रममा अग्रसर भएर लागेका इन्जिनियर यादव विभिन्न सामाजिक संघ संस्थासँग सहयोग लिएर विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् ।

विगत १० वर्षदेखि विशेष गरी आगलागी र चिसो पीडित विपन्न परिवारलाई धर्मीहल्फला महिला विकास क्लवले विभिन्न संस्थासँगको समन्वय र सहयोगमा राहत वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यसैबीच, सो संस्थाले विपन्न समुदायलाई लक्षित गरी आगामी माघ १० गतेदेखि छिन्नमस्ता गाविसमा दुई दिने निशुल्क आखा उपचार शिवीरको आयोजना गर्ने तयारी गरिएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।

तपाइको मत