९ जेठ ०७५, काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका—३ मा जीवनपुर ईट्टा उद्योगमा बम विस्फोट भएको छ ।
६ सय मजदुरले काम गर्ने उद्योगमा मजदुरहरु बिदामा बसेको मौकामा अपरिचित समुहले मध्यरात बम विस्फोट गराइएको हो ।
घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जिवन निरौलाले बताए । बम विस्फोटनका कारण ईट्टा उद्योगको चिम्नी, जेनेरेटर, ढुवानी साधनमा करिव ६ लाख बराबरको नोक्सानी भएको छ ।
बम विस्फोट गराएको व्यक्ति वा समुहको पहिचान भइनसकेको तर ६ महिनाअघि विप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकोले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।