४ असार, काठमाडौं । नक्कली चिकित्सक पक्राउ गर्दा चिकित्सक संघले दबंग शैलीमा डाक्टरहरुलाई पक्राउ गरेको भन्दै विरोध जनाएको छ ।
मेडिकल काउन्सिलको हवाला दिँदै चिकित्सक संघले नक्कली चिकित्सक पक्राउ गर्दा दोषीलाई कारवाही गर्न साथ दिनुको सट्टा उल्टो विरोध जनाउनुलाई उसको नियमाथि जनजनलाई प्रश्न गर्ने स्थान बनाइदिएको छ ।
संघले प्रहरीले दबंग शैलीमा डाक्टरहरुलाई पक्राउ गरेकाले आइतबार गृहमन्त्री, गृहसचिवदेखि प्रहरी प्रमुखलाई विरोध पत्र बुझाउने तयारी गरेको छ ।
चिकित्सक संघले नक्कली डाक्टर भएको अभियोगमा प्रहरीले विभिन्न जिल्लाबाट चिकित्सकहरुलाई पक्राउ गरेपछि विरोध गरेको हो ।