३ मंसिर, काठमाडौं । भारतीय नागरिकले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको घटना सार्वजनिक हुँदै आएको विषय नौलो नभए पनि भारतमा नेपालीले घुस खुवाएर भारतीय नागरिकता लिई भारतीय आर्मी बनेको समाचार टाइम्स अफ इण्डियाले प्रकाशित गरेपछि चासोको विषय बनेको छ ।
भारतीय अधिकारीहरुले दाबी गरे अनुसार ३६ जना नेपालीहरुले भारतीय नागरिक भन्दै भारतीय सेनामा जागिर खाएका छन् ।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार नेपालीलाई भारतीय नागरिकता दिलाउन सहयोग गरेका चार जनालाई स्पेशल टास्क फोर्सले बुधबार राति पक्राउ गरेको छ । उनीहरुले लखउनको कर विभागका अधिकारीहरुसँग मिलेर उत्तरप्रदेशमा अनाधिकृत रुपमा भर्ती केन्द्र नै सञ्चालन गरेको समाचारमा उल्लेख छ ।
पक्राउ पर्नेमा कर कार्यालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत अश्विन मौर्य पनि छन् । लखनउको एउटा प्राइभेट क्लबमा १० वर्षदेखि काम गर्दै आएका नेपालका सन्दिप थापासँगै मिलन थापा तथा भारतका अनिल श्रीवास्तव पनि पक्राउ परेका छन् ।
यो प्रकरणमा विभागै मजर नाम गरेका भारतीय र समिर सिंहको नाम पनि जोडिएको छ, जसले सर्जमिन गरेका थिए ।
यसको योजनाकार भने प्रकाश थापा भएको स्पेशल टास्क फोर्सका एसपी एस आनन्दले बताए । करिव ४० वर्षका उनी नेपाली सेनाको गुप्तचर विभागमा काम गरेको र पछि हटाइएको उनले दाबी गरे । २०१३ देखि आउजाउ गरेका उनली निलमठमा बस्दै आएका छन् ।
उनले भने, संग्दिध ३६ जनाले ७ देखि १० लाख भारु घुस खुवाएको अनुसन्धानले देखाएको छ ।