१७ साउन ०७६, काठमाडौं । नख्खु कारागारमा दुई जना कैदीबीच झडप हुँदा घाइते कैदीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका पूर्णबहादुर राजी र पवनकुमार महतोबीच शुक्रबार झडप हुँदा महतोको प्रहारबाट सख्त घाइते भएका राजीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
लगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।
नयाँ ब्लकमा घाममा जुम्रा हेरिरहेका उनीहरुबीच एक्कासी विवाद हुँदा पवनले भुइँमा ओछ्याएको ब्लक निकालेर पूर्णको टाउकोमा प्रहार गरेका नख्खु जेलका जेलर बेदप्रकाश अर्यालल बताए । राजी मानसिक रोगी समेत रहेकोे उनले बताए ।
विवादको कारणबारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।













