नयाँ आन्दोलनमा जाने तयारीमा संघीय गठवन्धन

७ पुस, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रमुख प्रतिपक्षी दल एमालेमाथि जातीय तथा सामाजिक सहिष्णुता भड्काउन उद्यत भएको आरोप लगाएको छ ।

गठवन्धनको बिहीबार बसेको बैठकले एमालेको गतिविधि प्रतिगमनकारी भएको भन्दै एमालेको गतिविधिले राष्ट्रिय एकता कमजोर पार्ने र मुलुकलाई अनिश्चितकालीन गृहयुद्धतर्फ धकेल्ने निष्कर्ष निकालेको छ ।

गठवन्धनका संयोजक उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा  संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धीहरुलाई धरापमा परी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न आगंह गरिएको छ ।

गठवन्धनले तीनबुँदे सहमति अनुसार संविधान संशोधन प्रस्ताव परिर्माजन गरी संसदमा प्रक्रिया अघि बढाउन माग गर्दै एक साताभित्र काठमाडौंमा अन्तरक्रिया गर्ने र लगतै १० प्रदेशमा अन्तरक्रिया गरी आन्दोलनका लागि जनमत निर्माण गर्ने निर्णय समेत गरेको छ ।

तपाइको मत