नयाँ पुस्ताले परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको प्रधानमन्त्रीको भनाई

१० भदौ ०८१, काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्नेहरुलाई कार्यक्रम नबिथोल्न आग्रह गर्दै नेपालीपन र नेपाली संस्कृतिबारे सम्झाएका छन् ।

सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएपछि प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताएका हुन् ।

‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन ।’

उनले नेपाल मेलमिलापको देश हो भन्दै नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने बताए ।

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायतको उपस्थिति रहेको उक्त गौरा पर्व कार्यक्रममा एक समूहले नाराबाजी गरेको थियो ।