नयाँ प्रधानमन्त्रीका एक्ला उमेदवार प्रचण्ड

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र नयाँ प्रधानमन्त्रीका लागि उमेदवारी परेको छ ।

उमेदवार  दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो ।puspakamal

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलकाअनुसार प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र उम्मेद्वारी परेको छ ।

प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृृष्णबहादुर महरासहित मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण पनि समर्थक छन् ।

नेकपा एमालेले मनोनय दाखिला गर्ने फारमसमेत तयार थियो । तर, मंगलबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एक्लो उम्मेदवार भए पनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री भने बन्ने छैनन् ।

तपाइको मत